काठमाडौं । नेपाली चलचित्रको बक्स अफिसमा पछिल्लो समय एउटा रोचक परिवर्तन देखिएको छ—फिल्म चलाउन पुरुष नायक नै केन्द्रमा हुनुपर्छ भन्ने पुरानो सूत्र कमजोर हुँदै गएको छ। वैशाखदेखि साउनको अन्तिमसम्म प्रदर्शनमा आएका १७ नेपाली चलचित्रमध्ये दुईवटा फिल्मले मात्र उल्लेख्य व्यावसायिक सफलता हासिल गरेका छन्—‘लालीबजार’ र ‘गौँथली’। ...