ढाका । बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतसँग औपचारिक आग्रह गरेको छ। बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान र भारतका नवनियुक्त उच्चायुक्त दिनेश त्रिवेदीबीच सोमबार भएको भेटमा हसिनाको प्रत्यर्पणसहित दुई देशबीचका महत्वपूर्ण विषयमा छलफल भएको हो। बङ्गलादेशको प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री रहमानले उच्चायुक्त त्रिवेदीसँगको ...