ललितपुर । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा पाँच वर्षीया बालिकामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ। किष्ट प्रत्यारोपण केन्द्रले भदौ २ गते ३३ वर्षीया आमाबाट पाँच वर्षीया छोरीमा जीवित दाता कलेजो प्रत्यारोपण गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. अविषेक थापाले जानकारी दिए। विल्सन रोगका कारण गम्भीर अवस्थामा ...