काठमाडौं, १७ कात्तिक । दोलखाको मागेदेउरालीबाट काठमाडौँ आइरहेको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खसेको हो । चालक धनबहादुर तामाङको सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले ...