न्यूयोर्क, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुषमा स्वराजले शिष्टचार भेट गर्नुभएको छ । सो अवसरमा दुई मुलुकबीच मित्रता तथा त्यसलाई थप सबल बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, संयुक्त राज्य ...