कविता तिमीलाई चिन्नुअघि तिमीलाई बुझ्नुअघि तिमीलाई पढ्नुअघि अनि कलिला यी अबोध औंलाले खाली कापीका पानाहरुमा सिसाकलमले जिन्दगीको चित्र कोर्नुअघि मैले साथी बनाएछु तिमीलाई अन्जानमै बसेछ तिमीशीत अव्यक्त अपरिभाषित प्रेम र राखेछु मेरो हृदयकेन्द्रमा तिमी मेरो प्रेम थियौ कि मीठो रहर रु मेरो अमूल्य खुशी थियौ ...