काठमाडौँ, ७ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापगाईंलाई रु चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार शाखा अधिकृत चापागाईंलाई आज शिखर खाजा घर कोटेश्वरबाट घुस रकमसहित पक्राउ गरिएको हो । ...