काठमाडौं २० जेठ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वर्षात्बाट हुने जोखिम कम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने, ‘आउँदै गरेको वर्षात्को जोखिम र त्यसका पूर्वतयारीका बारेमा सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण होस् । सरकारले यसबारेमा सोचोस् ।’ ...