काठमाडौं/भरतपुर । पुराना दलहरूको विकल्प बनेर “नयाँ राजनीतिक संस्कार” को नारा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनमै गम्भीर संगठनात्मक विवाद र व्यवस्थापकीय कमजोरीका कारण आलोचनाको केन्द्रमा परेको छ। चितवनको भरतपुरस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा जारी महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रियामाथि उम्मेदवार, ...