इनरुवा । देवानगञ्ज गोलीकाण्डको निष्पक्ष छानबिन र पीडितलाई न्यायको माग गर्दै नेपाली कांग्रेस सुनसरीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा गोलीकाण्डको निष्पक्ष छानबिन, घाइतेको निःशुल्क उपचार, पीडित तथा प्रभावितलाई क्षतिपूर्ति, गृहमन्त्रीले पीडित परिवारसँग गरेको सहमति कार्यान्वयन तथा जिल्लामा शान्ति–सुरक्षा कायम गर्नुपर्ने माग ...