हजुर आमाले भन्नुहुन्थ्यो, ‘सामान्य अनुशासनमा नरहने हो भने मान्छे मर्न बेर लाग्दैन परिवार रहनेत कुरैछोड माइली, जे पनि हुन सक्छ ।’ मलाई लाग्थ्यो यी बुढीका कथन कति सुन्नु । बाथले थलापरेकी हजुरआमाले यस्ता धेरै किस्साहरु सुनाउने गर्थिन सानो छँदा । पल्लाघरकी काइल्नानी राती गीत गाउन ...