काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोसी नदीमा आएको भीषण बाढीपछि जोखिमपूर्ण नदी तटीय क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै त्रिशूली नदी तथा यससँग जोडिएका तटीय क्षेत्र उच्च जोखिममा रहेकाले सम्भावित मानवीय ...