काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार गलत दिशातर्फ अघि बढिरहेको बताएका छन्। सरकारले विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा सोमबार काठमाडौंमा हस्ताक्षर अभियान सुरु गर्दै घिसिङले जनतालाई राहत दिनुपर्ने समयमा थप कर लगाएर सरकार गलत दिशामा अघि बढेको बताएका हुन्। ...