जनकपुरधाम । हरवा–चरवा समुदायको अधिकार र पुनःस्थापनाको माग गर्दै जनकपुरधामस्थित मधेस भवन अगाडि सुरु गरिएको धर्ना कार्यक्रम एक सातादेखि निरन्तर जारी छ। हरवा–चरवा संघर्ष समिति मधेस प्रदेशको अगुवाइमा भइरहेको धर्नामा मधेस प्रदेशका आठवटै जिल्लाका प्रतिनिधिहरू सहभागी छन्। संघर्ष समितिले हरवा–चरवा परिवारको लगत संकलन, प्रमाणीकरण तथा ...