काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि प्रधानमन्त्री बालेन्द्र शाहले अवस्था अझै चुनौतीपूर्ण रहेको बताएका छन्। बिहीबार साँझ सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका व्यक्तिहरूसँग प्रत्यक्ष छलफल गरेको बताए। ‘अवस्था अझै चुनौतीपूर्ण छ। ...