काठमाडौं । मनसुन सुरु भएसँगै काठमाडौंको जमल क्षेत्र फेरि जलमग्न हुन थालेको छ। केही घण्टाको वर्षामै सडक नदीजस्तै बन्ने, सवारी आवागमन अवरुद्ध हुने र पैदलयात्रीले सास्ती खेप्नुपर्ने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ। दैनिक जमल हुँदै आवतजावत गर्ने सर्वसाधारणका लागि वर्षायाम तनावको अर्को नाम बनेको छ। ...