काठमाडौं — जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र सञ्चालित होटल, रेष्टुरेन्ट तथा अन्य सार्वजनिक स्थलमा हुक्का र चुरोट सेवनलाई थप व्यवस्थित बनाउन कडाइ गर्ने भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बुधबार जारी गरेको सूचनामा प्रचलित कानुनअनुसार मात्रै धूम्रपान गर्न पाइने स्पष्ट पारिएको छ। सूचनाअनुसार ...