काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिको यकिन संख्या अझै निर्धारण गर्न कठिन रहेको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले सोमबार बाढीबाट सम्पर्कविहीन भएका व्यक्तिको खोजी जारी रहेकाले वास्तविक संख्या यकिन हुन नसकेको बताइन्। ...