काठमाडौं । नाग पञ्चमी नजिकिएसँगै काठमाडौं उपत्यकाका बजारमा नागका तस्वीर तथा चित्रको व्यापार बढेको छ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमीमा घरको मूलढोकामा नागको तस्वीर टाँस्ने परम्पराअनुसार बजारमा यस्ता सामग्रीको माग बढेको हो । काठमाडौंको असन, इन्द्रचोकलगायत क्षेत्रमा व्यापारीहरूले नागका तस्वीरसँगै गोबर, दुबो ...