चितवन । शनिबार राति परेको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार शनिबार राति करिब १०ः२५ बजे रूखसहितको पहिरो खसेर नारायणगढ–काठमाडौं सडकखण्ड दुवैतर्फी अवरुद्ध भएको हो। पहिरोका कारण राजमार्गमा सवारीसाधनको आवागमन पूर्णरूपमा ठप्प भएको छ। ...